प्रस्तावना (Introduction)
Save Aging Campaign Nepal (SAC Nepal) एक गैर-नाफामूलक, सामाजिक उत्तरदायित्वमा आधारित संस्था हो, जसले वृद्ध व्यक्तिहरूको जीवनस्तर सुधार, स्वास्थ्य सेवा पहुँच, सामाजिक समावेशिता तथा अधिकार संरक्षणका क्षेत्रमा कार्य गरिरहेको छ। यस अभियानको सफल कार्यान्वयन, विश्वासिलो सेवा वितरण तथा दीर्घकालीन दिगोपनाका लागि संस्थागत पारदर्शिता, उत्तरदायित्व र वित्तीय अनुशासन अनिवार्य मानिन्छ।
“पारदर्शी वित्तीय तथा खरीद व्यवस्था निर्देशिका” संस्थाको आर्थिक स्रोतहरूको उचित व्यवस्थापन, खर्चको नियमन, सामग्री तथा सेवाको निष्पक्ष खरीद प्रक्रिया, तथा लेखा परीक्षण लगायतका विषयमा स्पष्ट मार्गनिर्देशन प्रदान गर्न तयार गरिएको हो।
यस नीतिमार्फत संस्थाले आन्तरिक कार्यप्रणालीमा पारदर्शिता कायम गर्दै दाताहरू, साझेदारहरू, लाभग्राहीहरू तथा सरोकारवालाहरूको विश्वास जित्न सक्ने विश्वास लिइएको छ।
उक्त निर्देशिका SAC Nepal को समग्र संस्थागत कार्यप्रणालीलाई प्रभावकारी, न्यायोचित र उत्तरदायी बनाउन महत्वपूर्ण दस्तावेजको रूपमा प्रयोगमा ल्याइनेछ।
१. वित्तीय नीतिहरू (Financial Policies)
१.१ आय स्रोतहरू:
- सामुदायिक योगदान र व्यक्तिगत दान सहयोग
- दाता संस्था तथा गैर सरकारी सहयोग
- सदस्यता शुल्क तथा योगदान
- कार्यक्रम तथा परियोजनाबाट हुने आम्दानी
- सरकारी, गैरसरकारी अनुदान तथा साझेदारी
१.२ खर्च व्यवस्थापन:
- सबै खर्चहरू पारदर्शी ढंगले गरिन्छ।
- कुनै पनि खर्च संस्था प्रमुखको स्वीकृति बिना गर्न पाइँदैन।
- फर्मको बिल प्राप्तिको प्रमाणीकरणको लागि कार्यकारी समितिले प्रत्येक महिना सबै खर्च रकमहरू अनुमोदन गर्नेछ। त्यो स्वीकृत म्यानुट अन्तिम लेखापरीक्षणको लागि आधिकारिक हुनेछ।
- लेखा प्रणाली कम्प्युटरमा आधारित राखिन्छ र मासिक रूपमा लेखा परीक्षण गरिन्छ।
१.३ बैंक खाता सञ्चालन:
- SAC Nepal को नाममा अधिकृत बैंक खाता खोलिन्छ।
- खाताबाट रकम झिक्न अध्यक्ष, महासचिव तथा कोषाध्यक्ष मध्ये दुई जनाको हस्ताक्षर अनिवार्य हुनेछ।
१.४ लेखा परीक्षण:
- हरेक आर्थिक वर्षको अन्त्यमा लेखा परीक्षण गराइन्छ।
- लेखा परीक्षण प्रतिवेदन साधारणसभा तथा दाताहरूसमक्ष प्रस्तुत गरिन्छ।
- लेखापरीक्षण प्रतिवेदन SAC नेपालको वेबसाइटमा सार्वजनिक गरिनेछ ।
२. खरीद प्रक्रिया (Procurement Procedures)
२.१ खरीद समिति गठन:
- रु ५००,००० भन्दा बढीको खरीदका लागि अध्यक्षको नेतृत्वमा खरीद समिति गठन गरिन्छ।
- सदस्यहरूमा महासचिव, कोषाध्यक्ष र एक कार्यकारी सदस्य रहनेछ।
२.२ खरीद प्रक्रिया:
- साना खर्च बिलहरू भ्रष्टाचारको लागि एउटा छिद्र हुन्, त्यसैले कार्यकारी बोर्डले अन्तिम लेखापरीक्षणको लागि रु. ५ लाख भन्दा कमको सबै खर्च अनुमोदन गर्नेछ, अन्यथा बेरुजु हुनेछ ।
- रु ५००,००० भन्दा बढीको खरीदका लागि कम्तिमा ३ वटा प्यान वा भ्याट प्रस्ताव (quotation) सङ्कलन गर्नुपर्नेछ।
- सबै अन्तिम वार्षिक खर्च SAC नेपालको साधारण सभाबाट अनुमोदन गरिनेछ।
- सबै प्रस्तावहरू निष्पक्ष रूपमा मूल्याङ्कन गरिनेछ।
- न्यूनतम मूल्य मात्र हेर्ने नभई गुणस्तर, मिति, सेवा, र वारन्टी पनि विचार गरिनेछ।
२.३ आपूर्ति स्वीकृति:
- खरीदपछि सामानको परिक्षण गरी मात्र स्वीकृति दिइनेछ।
- आपूर्तिकर्ताबाट बिल प्राप्त गरी त्यसको आधारमा भुक्तानी गरिनेछ।
- स्वयंसेवी संस्थाको खरिद माग फारम वा स्टोर प्रवेश प्रक्रिया कार्यकारी समितिको निर्णयको आधारमा गरिन्छ
२.४ अभिलेख राख्ने प्रणाली:
- कार्यकारी बोर्डका सबै खर्च अनुमोदन निर्णयहरू लेखापरीक्षण फाइलमा संलग्न गरिनेछ।
- सबै खरीदसम्बन्धी कागजातहरू सुरक्षित रूपमा संग्रह गरिनेछ।
- बिल, प्रस्तावपत्र, स्वीकृति पत्र, र वितरण प्रतिवेदनहरू अद्यावधिक गरिनेछ।
३. पारदर्शिता र उत्तरदायित्व (Transparency and Accountability)
- प्रत्येक ३ महिनामा आर्थिक प्रतिवेदन SAC नेपालको वेबसाइटमा सार्वजनिक गरिनेछ।
- कार्यक्रमका लाभग्राही तथा सरोकारवालाहरूलाई नियमित जानकारी दिइनेछ।
- आर्थिक अनियमितता भएमा आन्तरिक छानबिन समिति गठन गरिनेछ।
निष्कर्ष (Conclusion)
SAC Nepal को पारदर्शी वित्तीय तथा खरीद व्यवस्था निर्देशिका संस्थाको वित्तीय शुद्धता, पारदर्शिता, तथा उत्तरदायित्वप्रति प्रतिबद्धतालाई संस्थागत रूपमा स्थापित गर्ने दस्तावेज हो। यस नीतिमार्फत संस्था अन्तर्गत हुने सबै आर्थिक क्रियाकलाप तथा सामग्री वा सेवा खरीद प्रक्रिया स्पष्ट, निष्पक्ष, र नियमनमा आधारित हुने सुनिश्चित गरिएको छ।
उक्त निर्देशिकाले SAC Nepal को दिगो विकासमा योगदान पुर्याउने विश्वास लिएको छ, जसले गर्दा संस्था भित्र कार्यरत व्यक्तिहरूबीच जवाफदेहिताको भावना बलियो बनाउनेछ, साथै दाताहरू, साझेदारहरू, तथा समुदायको विश्वास अभिवृद्धि गर्न मद्दत पुग्नेछ।
यस नीतिको प्रभावकारी कार्यान्वयनले SAC Nepal लाई एक उत्तरदायी, पारदर्शी र पेशागत संस्थाको रूपमा अझ मजबुत बनाउनेछ। आवश्यक परेमा समयसापेक्ष संशोधन तथा अद्यावधिक गर्दै यस नीतिलाई व्यवहारिक बनाइनेछ।