दोस्रो साधारण सभा तथा ३६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०२६

दोस्रो साधारण सभा तथा ३६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०२६ , बुढ्यौली बचाऊ अभियान नेपाल (SAC Nepal) को पहिलो साधारण सभा तथा ३६औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०२६ विशेष समारोह एक औपचारिक र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष दिपेश कुमार चौधरीको अध्यक्षतामा र धनगढीमाई नगरपालिका–२ का वडा अध्यक्ष मोहम्मद हमिद मियाँको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

दोस्रो साधारण सभा तथा ३६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०२६

कार्यक्रममा SAC Nepal का पदाधिकारी, सदस्यहरू, स्थानीय समुदायका प्रतिनिधि, स्वास्थ्यकर्मी, समाजसेवी तथा सरोकारवाला गरी जम्मा ४१ जना सहभागी रहेका थिए। सभामा संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, आगामी कार्ययोजना तथा ज्येष्ठ नागरिकका हक अधिकार र सम्मानका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि मियाँले SAC Nepal ले समाजमा ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य सचेतना र सक्रिय वृद्ध जीवन प्रवर्द्धनका लागि गरिरहेको प्रयास अत्यन्तै सराहनीय रहेको बताउनुभयो। उहाँले स्थानीय तहबाट समेत यस्ता सामाजिक अभियन्ता संस्थाहरूसँग सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

१० जना ज्येष्ठ नागरिकहरूलाई सम्मानपत्र र दोसला प्रदान गरी विशेष सम्मान

कार्यक्रमको विशेष आकर्षणका रूपमा, ३६औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०२६ को अवसरमा १० जना ज्येष्ठ नागरिकहरूलाई सम्मानपत्र र दोसला प्रदान गरी विशेष सम्मान गरिएको थियो। सम्मानित ज्येष्ठ नागरिकहरूको दीर्घ सामाजिक योगदान र जीवनभरको समर्पणप्रति संस्थाले कृतज्ञता व्यक्त गर्‍यो।

दोस्रो साधारण सभा तथा ३६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०२६ दोस्रो साधारण सभा तथा ३६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०२६

सोही अवसरमा संस्थाका महासचिव ज्ञान्दिप चौधरीले SAC Nepal को भविष्य दिशा र दीर्घकालीन योजनाबारे विस्तृत रूपमा प्रकाश पार्नुभयो र आर्थिक प्रतिबेदन कोषाध्यक्ष पार्वती चौधरीले गरिन ।  उहाँले SAC Nepal ले आगामी दिनमा ज्येष्ठ नागरिकका हक अधिकार संरक्षण, स्वास्थ्य सेवा पहुँच सुधार, मनोवैज्ञानिक सहयोग, सामाजिक समावेशिता र “सक्रिय वृद्ध जीवनशैली” प्रवर्द्धनमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो। साथै, उहाँले “सक्रिय, स्वस्थ र सम्मानित वृद्ध जीवन हाम्रो लक्ष्य हो” भन्ने सन्देश दिँदै स्थानीय तह, समुदाय र सरकारी निकायसँग सहकार्यका माध्यमबाट राष्ट्रिय स्तरमा SAC Nepal का अभियानहरू विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो।

अध्यक्ष दिपेश कुमार चौधरीले संस्थाको विगतका गतिविधिहरूको समीक्षा गर्दै, SAC Nepal लाई अझ सशक्त र प्रभावकारी बनाउन सबै सदस्य, समुदाय र साझेदार संस्थाको निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा उपाध्यक्ष उर्मिला कुमारी साह, महासचिव ज्ञानदीप चौधरी, सचिव मोहम्मद मुस्ताक राइन, कोषाध्यक्ष पार्वती चौधरी, कार्यसमिति सदस्यहरू जनक कुमारी चौधरी र सरस्वती सदाय लगायतका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम अन्त्यमा सहभागीहरूले SAC Nepal को सामाजिक उत्तरदायित्व र ज्येष्ठ नागरिकमैत्री अभियानलाई निरन्तरता दिँदै, आगामी वर्षलाई “ज्येष्ठ नागरिकको सम्मान र स्वास्थ्य सुरक्षा वर्ष” का रूपमा अगाडि बढाउने साझा प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको घोषणा गरिएको थियो।

Claimed by Dipesh Kumar Chaudhary

दोस्रो साधारण सभा तथा ३६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०२६

Total Expenditure details: 11,175.00

निष्कर्ष:

पहिलो साधारण सभा तथा ३६औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०२६ सफलतापूर्वक सम्पन्न भएको यस अवसरले Save Aging Campaign Nepal (SAC Nepal) को सामूहिक प्रतिबद्धता र समाजमा ज्येष्ठ नागरिकप्रति सम्मान, माया र सहानुभूतिको भावना अझ प्रगाढ बनाएको छ। यस कार्यक्रममा संस्थाले आफ्नो भविष्यका योजना र दिशाबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै ज्येष्ठ नागरिकको हक, स्वास्थ्य र सम्मानको पक्षमा निरन्तर क्रियाशील रहने संकल्प व्यक्त गरेको छ। Read more

दोस्रो साधारण सभा तथा ३६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०२६

Leave a Comment